Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

पर्यटन

मौसमामा सुधार आएसँगै आरोहीहरु शिखरमा


काठमाडौँ – यास चक्रवातको प्रभावले मौसम प्रतिकूल बन्दा अघिल्लो सोमवारदेखि रोकिएको सगरमाथा आरोहणमा आज बिहान आरोहीहरु शिखरमा पुगेका छन् । मौसममा सुधार आएसँगै आज बिहान आरोहीहरु शिखरमा पुगेका हुन् ।

आरोही निर्मल पुर्जासहित आफूहरुको १५ सदस्यीय टोली बिहान शिखरमा पुगेको कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पाले जानकारी दिनुभयो। यस्तै अरु समूहका आरोहीहरु पनि शिखरमा पुगेका उहाँले बताउनुभयो । आफूहरु सगरमाथाको सफल आरोहणपछि ल्होत्से हिमाल आरोहणको तयारीमा लागेको उहाँले बताउनुभयो ।

ल्होत्से हिमाल आरोहण पनि सगरमाथाको चौथो शिविरबाट नै गरिन्छ । यस वर्ष गएको वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको हो । वैशाख २८ र २९ गते गरी झण्डै एक सय ७० जना आरोही सगरमाथा शिखरमा पुगेका थिए । त्यसपछि मौसम खराब भएर रोकिएको जेठ नौ गते एकैदिन डेढ सय बढी आरोही शिखरमा पुगेका थिए । १० गते पनि केही आरोहण भएकोमा त्यसपछि पूरै रोकिएको थियो । आज बिहान फेरि आरोहण भएको हो । यो वर्ष सगरमाथा आरोहणका लागि चार सय आठ जनाले अनुमति लिएका छन् ।