Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

विदेश

भारतको महाराष्ट्रको एक अस्पतालमा अक्सिजन ट्यांकर चुहिँदा २२ कोरोना संक्रमितको मृत्यु


काठमाडौँ – भारतको महाराष्ट्र राज्यको नासिकको एउटा अस्पतालमा अक्सिजन ट्यांकर चुहिँदा कम्तीमा २२ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । अस्पतालको बाहिर रहेको अक्सिजन ट्यांकर चुहिँदा करिब आधा घण्टा अस्पतालमा अक्सिजन आपूर्ति अवरुद्ध बनेको थियो ।

अक्सिजन आपूर्ति अवरुद्ध हुँदा तीमध्ये कम्तीमा २२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनालगत्तकै अक्सिजन आवश्यक सिकिस्त बिरामीहरुलाई तत्कालै अन्य अस्पतालमा सारिएको थियो । घटनाका सम्बन्धमा महाराष्ट्र राज्य सरकारले छानबिन गर्ने भएको छ । भारतमा कोरोना संक्रमण तीव्र बनेसँगै मुलुकभर अक्सिजनको हाहाकार मच्चिएको छ ।