Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

प्रधानमन्त्री ओलीले बोलाए विज्ञ र निजी क्षेत्रका प्रतिनिधिसहितको बैठक


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कोरोनाभाइरस संक्रमणको अवस्थाबारे छलफल गर्न आज विज्ञ र निजी क्षेत्रका प्रतिनिधिसहितको बैठक बोलाएका छन् ।

अपरान्ह ४ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले भाइरस संक्रमणको पछिल्लो अवस्थाको समीक्षा गर्ने र सरकारको कार्ययोजना प्रस्तुत गर्ने बालुवाटार स्रोतले जनाएको छ ।

उक्त छलफलमा प्रधानमन्त्रीले कोभिड संक्रमणको लागि विज्ञ र निजी क्षेत्रको सुझाव लिएर अघि बढ्ने जनाइएको छ । कोभिड नियन्त्रणका लागि प्रधानमन्त्रीले सरकारको तयारी र अहिले गरेका कामबारे जानकारी दिने स्रोतले जनाएको छ ।

साथै, महामारी नियन्त्रण गर्न जारी गरिएका प्रतिबन्ध र अर्थतन्त्रलाई पनि सँगै अघि बढाउनेबारे निजी क्षेत्र र विज्ञको सुझाव लिने तयारी प्रधानमन्त्रीले गरेका छन् ।

कोभिड महामारी नियन्त्रणमा एउटै मिसन लिएर अघि बढ्ने योजनामा सरकारलाई केन्द्रित गर्ने मनस्थितीमा प्रधानमन्त्री रहेको पनि बालुवाटार स्रोतले जनाएको छ ।