Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

नारायणकाजीले भने :- अरुको विरोधमा लागेर समय खेर फाल्नु हुँदैन


काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अब माओवादीले अरूको विरोधमा समय खेर फाल्न नहुने बताएका छन्।
शुक्रबार ट्वीट गर्दै श्रेष्ठले एमालेलाई बधाई दिँदै आफूहरूको पार्टीले अब प्रतिक्रियात्मक भएर अरूको विरोधमा समय खेर फाल्न नहुने पनि उनले बताएका हुन् । एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल पक्षबीचको वार्ता सकरात्मक भएर प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएपछि श्रेष्ठले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

एमालेका कमरेडहरूलाई बधाइ तथा शुभकामना,’ उनले भनेका छन्, ‘देशभक्ति, क्रान्तिनिष्ठता, सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै व्यवस्थितरुपमा वैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्छ ।’

उनले गुटभन्दा माथि उठ्नुपर्ने बताए। ‘वैचारिक छिपछिपेपन, विधि पद्धतिको अवज्ञा, व्यक्तिवाद, संकिर्णता, अनेकता, गुटवन्दी, भ्रष्टिकरणबाट माथि उठ्नुपर्छ र त्यसकोविरुद्ध संघर्ष गर्न दृढ हुनुपर्छ। त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्नेछौं। ’ उनले तत्काल भने कोरोनाको रोकथाम तथा नियन्त्रणमा पार्टी लाग्नुपर्ने उल्लेख गरेका छन्।