Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

देउवाले बोलाए पदाधिकारीको बैठक


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढानीलकण्डमा पदाधिकारी बैठक बोलाएका छन् । उनले आज दिउँसो चार बजेका लागि आफ्नै निवासमा बैठक बोलाएका हुन् ।

उनले बिहीबार बिहान जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई भेटेलगत्तै बैठक बोलाएका हुन् । नयाँ सरकार गठनका लागि कांग्रसे आफ्नो दावी राष्ट्रपति समक्ष पेश गर्दै छ । राष्ट्रपतिले सरकार गठनका लागि दिएको तीन दिनको समयसीमा आज राति नौ बजे सकिदैँछ । समय सकिन लागेका बेला सरकार गठनको गृहकार्यमा दलहरुको दौडधुप तीव्र छ ।