Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाज

ठूलो परिणाममा राजश्व छलीको अवैध सुर्तीजन्य पदार्थ बरामद


काठमाडौँ – जिल्ला प्रहरी कार्यालय सुर्खेतले ठूलो परिणाममा अवैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ । मंगलबार नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको ना ४ ख ७६५३ नम्बरको ट्रकलाई वीरेन्द्रनगर स्थित सुब्वाकुना प्रहरी पोष्टमा प्रहरीले नियन्त्रणमा लिएर खोजतलास गर्दा ठुलो मात्रामा राजश्व छलीका सुर्तीजन्य पदार्थ फेला परेको हो ।

प्रहरीले गोल्डेन काली नामको सुर्ती ५४ बोरामा २६ सय प्याकेट नियन्त्रणमा लिएको छ । न्यू–पश्चिमाञ्चल ट्रेडर्स कपिलवस्तुको भ्याट नम्बर ३०५३०४७६४ बाट महादेव स्टोर सुर्खेतको भ्याट नम्बर ३०५६५३२५७ मा भ्याट सहित १३ लाख ६६ हजार १७० रूपैँयाको बिल बनाएर पठाएको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ