Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

चुनावअघि नै आफ्नो जित भइसकेको थापाको दावी


काठमाडौँ – नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा सदस्यमा आफ्नो जित सुनिश्चित भइसकेको दावी गर्नुभएको छ । आज बागमती प्रदेशको राजधानी हेटौँडा पुगेर राष्ट्रियसभामा उम्मेदवारी दिएसँगै थापाले आफ्नो जित पक्का भइसकेको बताउनु भएको हो ।

आगामी जेठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आज हेटौँडा आएर उम्मेद्दवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग बोल्दै बादलले एमालेको सबै भोट आफूले प्राप्त गर्ने बताउनु भयो ।

एमालेको एक समूहले स्वतन्त्र उम्मेदवारलाई मत दिने कुरा सुनिएको छ नि ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै बादलले भन्नुभयो ,’अहिले प्रदेशको ९ हजार ६ सय ६४ मत मध्ये हाम्रो पार्टीको ५ हजार १ सय ३० मत छ, यो मतले नै के स्पष्ट गरेको छ भने यो निर्वाचनमा मेरो जित निश्चित छ, पार्टीभित्रबाट स्वतन्त्रलाई मत जान्छ भन्ने हल्ला मात्र हो।’