Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

खोपमा भ्रष्टाचार हुनु अक्षम्य अपराध सभापति देउवा


काठमाडौँ – प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामारीको समयमा खोपमा पनि भ्रष्टाचार हुनु अक्षम्य अपराध भएको बताउनु भएको छ । देउवाले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयम् भ्रष्टाचारमा संलग्न हुनु निन्दनीय भएको बताउनु भएको हो ।

‘जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवियता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध हो’, देउवाले भन्नुभएको छ, ‘जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं जीवनदायीनी औषधी (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ।’

भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्नु भएको छ । देउवाले नेपाली जनताको जीवन रक्षा गर्नका लागि देशभर आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधिको तत्काल व्यवस्था गर्नसमेत माग गर्नु भएको छ ।