Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

खनाल–नेपाल समूह सामूहिक राजीनामाको तयारीमा, ओलीलाई सुध्रिन २४ घण्टाको डेडलाइन


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिदै जाँदा सत्तारुढ एमालेभित्रको दौडधुप उत्कर्षमा छ । आफैले कारबाही गरेका नेताहरु संकटमा काम आएपछि प्रधानमन्त्री ओली सकभर माधव पक्षलाई मनाउने कसरतमा छन् । तर यो सम्भावना न्यून बन्दै गएको छ । विभाजनको संघारमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूहकाले सामूहिक राजीनामाको तयारी गरेका छन् ।

ओली पार्टी एकताका लागि तयार नरहेको निष्कर्ष निकाल्दै असन्तुष्ट खनाल–नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् । खनाल–नेपाल समूहले सामूहिक राजीनामाका लागि हस्ताक्षर समेत तयारी अवस्थामा राखेको निकट स्रोतले जनाएको छ ।

आज दिनभरसम्म ओलीले लचकता नदेखाए बेलुकीसम्म सामूहिक राजीनामा बुझाउने तयारीमा खनाल–नेपाल समूह रहेको छ । खनाल–नेपाल समूह एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने माग राख्दै आईरहेका छन् ।

प्रधानमन्त्री ओलीले विधि मिच्दै पार्टीमा एकलौटी तवरबाट अघि बढेको ठहर गरेको खनाल–नेपाल समूहले उनलाई सुध्रनका लागि भन्दै अन्तिम मौका दिएको छ । शनिबार साँझ काठमाडौंमा सम्पन्न माधवकुमार नेपाल–झलनाथ खनाल समूहका सांसदको बैठकले आफ्नो अडानबाट फर्किन ओलीलाई २४ घण्टा समय दिएको एक नेताले जानकारी दिएका छन्। आज दिनभरसम्म ओलीले लचकता नदेखाए बेलुकीसम्म सामूहिक राजीनामा बुझाउने तयारीमा खनाल–नेपाल समूह रहेको छ । खनाल–नेपाल समूह एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने माग राख्दै आईरहेका छन् ।

सोमबार वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत माग्ने दिन भएकाले सकभर सिङगो एमालेसहित प्रतिनिधिसभामा उपस्थिति हुने ओलीको दाउ छ । शनिबार पनि ओली पक्ष र माधव पक्षका दोस्रो वरियताका नेताहरुबीच वालुवाटारमा दिनभर छलफल चलेको थियो। वार्तामा सहभागी नेताहरुका अनुसार पार्टी एकता जोगाउनुपर्छ भन्नेमा दुवै पक्ष सहमत छ । तर माधव नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन गरेको मागप्रति ओली सहमत छैनन् । जसका कारण खनाल–नेपाल समूह रुष्ट बनेको छ । खनाल–नेपाल समूहमा प्रतिनिधि तर्फ ३२ र राष्ट्रिय सभा तर्फ सात सांसद गरी ४२ सांसद रहेका छन् ।