Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

कोभिड बिरामीले खाने औषधि आपतकालीन प्रयोग गर्न अनुमति


काठमाडौँ – कोरोना भाइरसको संक्रमणका बिरामीका लागि विकास गरिएको खाने औषधि आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।

भारतको रक्षा अनुसन्धान एवं विकास संगठनले विकास गरेको यो औषधि पाउडरका रुपमा आउँछ जसलाई पानीमा घोलेर कोरोनाका बिरामीले प्रयोग गर्न सक्छन् ।

अनुसन्धानका क्रममा यो औषधिलाई कोरोना पोजेटिभ देखिएका र अस्पतालमा भर्ना भएका बिरामीलाई प्रयोग गरिएको थियो । ‘२ डीजी’ नाम गरेको यो औषधि सेवन गरेका बिरामी छिटो निको भएको र बाह्य अक्सिजनमाथि निर्भरता घटेको पाइएको थियो । यो औषधिको भारतमा तीन चरणमा परीक्षण गर्दा प्रभावकारी पाइएपछि अनुमति दिइएको हो ।

भारतको औषधि नियन्त्रण विभागले यो औषधिलाई अस्पतालमा भर्ना भएका बिरामीलाई चिकित्सकको सिफारिसमा प्रयोग गर्ने गरी स्वीकृति प्रदान गरेको छ । अहिलेसम्म भारतमा कोरोनाका गम्भीर बिरामीलाई रेम्डिसिभिर र फेबिफ्लुलगायतका औषधिको प्रयोग हुँदै आएको छ ।