Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

कारोना संक्रमण बढ्दो क्रममा : एकैदिन ३ हजार ५५६ जनामा संक्रमण पुष्टि

१२ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४ सय पीसीआर र ८९३ जनाको एन्टीजेन परीक्षण गर्दा तीन हजार ५५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमित हुनेको सख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा ज्यान गुमाउनेको संख्या ३ हजार १७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३७८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ ।