Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

कांग्रेसको पदाधिकारी बैठक बस्दै


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।
सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बैठक बोलाउनुभएको हो । बैठकमा प्रतिनिधिसभाको विशेष अधिवेशन, प्रधानमन्त्रीले लिने विश्वासको मतलगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय यसअघि नै गरिसकेको छ । प्रधानमन्त्रीको पक्षमा विश्वासको मत पुग्न नदिने रणनीति अख्तियार गरिने कांग्रेस नेताहरूले बताएका छन् ।