Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

ओली पक्षसँग नेपालको कुरा मिलेन, आजै राजीनामा दिने तयारी


काठमाडौँ – नेकपा एमालेका पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अहिले राजीनामा रोकेर थप छलफल गर्ने प्रस्ताव माधवकुमार नेपालसमक्ष पठाएका छन् ।

नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङ नेता नेपालसँग छलफलका लागि सिंहदरबार आएका थिए । छलफलमा कुनै निष्कर्ष निष्कन नसकेको नेताहरुले जनाएका छन् ।

अहिले नेता नेपालले आफू निकटका सांसदहरुसँग राजीनामाबारे छलफल थालेका छन् । उनीहरु आजै राजीनामा बुझाउने पक्षमा देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने समय नजिकिँदै गर्दा अबको सत्ता रणनीति बनाउन दलहरूको दौडधुप तीव्र भएको छ  ।