Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

ओलीको जादुमा माधव मख्ख : अब एमाले ढुक्कले एक रहला ?

ओली–माधवको मन मिलेपछि प्रचण्ड रातोपिरो


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मुलुकको ४२ औं प्रधानमन्त्री बनाउन वरिष्ठ नेता माधवकुमार नेपालले निर्णायक भूमिका निभाए ।विहिबार अघिसम्म एकअर्कालाई सिध्याउन पछि नपरेको ओली–नेपाल एक भएकै हुन त ?

माधव नेपालको यहीँ भनाईलाई आधार मान्ने हो भनेओली–नेपालबीच विहिबार संङलीएको सम्बन्ध एक फगत कल्पनामात्रै हो । किनकि ओलीलाई जरैबाट उखेल्न विपक्षीहरुसंग तनमन बाँडेका नेपाल ओलीसंग एक हुनै नसक्ने अवस्थामा थिए। तर राजनीति न हो, सिदान्तभन्दा सौदाबाजीमाथिभएपछि कस्को के लाग्छ?प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भनेजस्तै ‘चन्द्रमा दाहिने भए कसैको केही लाग्दैन ।’विहिबार माधव नेपाल पक्षलाई फकाएर विपक्षीको महागठबन्धनका अघि ओली पुनः प्रधानमन्त्रीमा विराजमान भएका छन् । तर ओली–नेपाल एक भएकै हुन भनेर पत्याउन भने मुस्किल छ । किनकि प्रतिनिधिसभा विघटनदेखि नेकपा खोरज र विहिबार भएको भनिएको सहमतिसम्म आइपुग्दा एकअर्कामाथि तेर्साएका बाँणले गर्नेलाई भन्दा देख्नेलाई लाज हुने अवस्था छ ।

विहिबार प्रधानमन्त्री ओलीका लागि सत्तामा रहन समयले अन्तिम पटक मौका दिदैँ थियो । संसद्बाट विश्वासको मत गुमाएर पदमुक्त भएका ओली ठुलै सौदाबाजी गरेर भएपनि बाजी जित्ने पक्षमा थिए । उनका अघि बाजी जित्ने सबैभन्दा बलियो अस्त्र भनेकै माधव नेपाल पक्ष थियो । माधव पक्षले साथ नदिए खाईपाइ आएको जागिर गुमाउनु पर्ने अवस्थामा रहेका ओलीले अन्ततः माधव नेपालमाथि नै जादुको छडी चलाउन पुगे । यसअघि कुनै पनि हालतमा आफु नसच्चिने र माधव पक्षलाई झुकाएरै छाड्ने अड्डी कसेका ओली बिहीबार केही आफै झुकेर भएपनि संकटमोचन गरेका छन् ।तर माधव नेपाल भने पुनः उधारो सम्झौतामा चित्त बुझाएका छन् ।

विहिबार दिउँसोसम्म राजीनामा खल्तीमा बोकेर हिडेका नेता नेपालले ओलीसंगको भेटपछि राजीनामा टरेको बताए । उता माधव पक्षकै आशमा नयाँ सरकारको फुलबुट्टा कोरिरहेको विपक्षी गठबन्धनले बेलुकापख आत्मसमर्पणको भावमा दाबी पेश गरेन ।आफ्नो अडानमा चट्टान झैं उभिएका नेपाल ओलीसंगको भेटपछि पग्लीएसंगै विपक्षीहरु बोली फेरेको अपजस दिईरहेको छन् । यतो ओली पक्ष भनेसंसद्मा विश्वास पुग्नेदेखि एमाले एकढिक्का भएर अघि बढ्ने विश्वासमा रमाइरहेको छ ।

माधव नेपाल पक्षले एमाले ब्यूँताईदिएपछि २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई फर्काउने र २८ फागुनको निर्णय फिर्ताको अडान कायमै राखेको छ । जसमा ओलीलेमाधवलाई थाङनामा सुताएका छन् । तर ओली जित्दा नेपालको जित अनिश्चत देखिएपनि एमाले विभाजन हाललाई टरेको छ । यद्यपी बोलीको ठेगान र अडानको टुङगो नभएका नेताहरु क्षणभरमै दुश्मन र पलभरमै मित्र बन्न सक्छन् भन्ने गतिलो उदाहरण ओली–नेपाल बनेका छन् ।