Breaking

आली र नेपाल कार्यदल गठन गरेर अघि बढ्ने


काठमाडौँ – नेकपा एमाले पार्टीभित्र देखिएको समस्या समाधान गर्न कार्यदल गठन गर्ने सहमति भएको छ । शुक्रबार पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सिंहदरबारमा भएको छलफलमा कार्यदल गठन गर्ने सहमति भएको हो ।
बैठकमा एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएको नेता भीम रावलले बताए । ‘२०७५ जेठ ३ गतेभन्दा अगाडिको एमालेको स्थितिलाई आधार मानेर अगाडि बढ्ने कुरा भयो,’ नेता रावलले भने, ‘त्यसका लागि कार्यदल बनाइने छ, कार्यदलका सदस्यको नाम अध्यक्ष ओली र नेता नेपालले तय गर्नुहुने छ ।’ शुक्रबारको छलफलमा पार्टी अध्यक्ष ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेता रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजीपन्तलगायतले सहभागिता जनाएको छलफल फेरि अगाडि बढाइने छ ।