Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस,कोरोनाविरुद्धको लडाईमा खटिने नर्सहरूमा स्वास्थ्यमन्त्रीको कृतज्ञता


काठमाडौँ – आज मे १२ तारिख, अन्तर्राष्ट्रिय नर्सिङ दिवस । विश्वभरका नर्सहरुले स्वाथ्य सेवामा पु¥याएको योगदानको कदर र सम्मान स्वरुप आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङगेलको जन्म दिवसको अवसरमा नर्सिङ दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिलको आह्वानमा नर्स दिवस मनाउन थालिएको हो ।

शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ । कोरोना महामारीको अहिलेको विषम परिस्थितिमा आम नागरिकलाई स्वाथ्य सेवा प्रवाह गर्न अग्रपङ्तिमा खटिने नर्सिङ क्षेत्रको आवश्यकता र महत्व बढेर गएको छ । नेपालमा नर्सिङ क्षेत्रमा श्रम शोषण भएको भन्दै नर्सहरुले गुनासो गर्दै आएका छन् ।

विश्वव्यापी कोरोना महामारीको अहिलेको समयमा नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रित गरिएको सरकारले जनाएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले दिवसका अवसरमा शुभकामना दिदै कोभिड–१९ विरुद्धको लडाईमा दिन–रात नभनी बिरामीको सेवामा लाग्ने सम्पूर्ण नर्सहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।