Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

अमेरिकी सरकारले नेपाललाई कोरोनाविरुद्धको खोप प्रदान गर्ने


काठमाडौँ – अमेरिका नेपालसहित एशियाका विभिन्न देशलाई ७० लाख डोज कोरोनाविरुद्धको खोप प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राष्ट्र संघको कोभ्याक्स कार्यक्रम अन्तर्गत खोप दिने घोषणा गरेको काठमाडौँस्थित अमेरिकी दुताबासले जानकारी दिएको छ ।

दुताबासले भनेको छ- ‘हामी विश्वव्यापी रूपमा नै कोभीड(१९ को महामारीसँग लडिरहेको यो समयमा आज अमेरिकी राष्ट्रपती जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभिड–१९ भ्याक्सीन सहयोगको घोषणा गर्नुभएको छ। कोभ्याक्समार्फत विश्वव्यापी भ्याक्सीन पहुँचका लागि अमेरिकाले गरिरहेको विभिन्न सहयोगसँगै नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोभिड–१९ भ्याक्सीन प्राप्त गर्नेछन् । हामी सबै मिलेर भाइरसलाई पराजित गर्न सफल हुनेछौं भन्ने हामीलाई विश्वास छ ।’

अमेरिकाले नेपाललाई कति डोज खोप दिन्छ भन्ने बारेमा भने स्पष्ट गरिएको छैन । एशियामा दिने ७० लाख डोज खोप नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफ्गानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुवान्यूगीनी, ताइवान र द प्यासिफिक आइल्याण्डलाई दिने उल्लेख छ । यसअघि नै अमेरिकाले विश्वभर ८ करोड डोज खोप वितरण गर्ने घोषणा गरिसकेको छ ।
प्रधानमन्त्री ओलीद्वारा प्रधानमन्त्री ओलीद्वारा खुसी व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूहरूको अनुरोधलाई स्वीकार गरी खोप उपलब्ध गराउने निर्णय गरेको भन्दै अमेरिकालाई धन्यवाद दिनुभएको छ । उहाँले अमेरिकाको खोप उपलब्ध गराउने निर्णयले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप बलियो हुने पनि बताउनु भएको छ ।