प्रधानमन्त्री ओलीले सुरु गरे पुन एकलौटी निर्णय, युवराज खतिवडा र सुर्य थापाका भाईलाई नियुक्ती दिएपछि नेताहरु आक्रोशित

प्रधानमन्त्री ओलीले सुरु गरे पुन एकलौटी निर्णय, युवराज खतिवडा र सुर्य थापाका भाईलाई नियुक्ती दिएपछि नेताहरु आक्रोशित

काठमाडौँ  - सत्तारुढ नेकपाको विवाद समाधान भएर सहमतिमा सरकार र पार्टी सञ्चालन हुनेमा कतिपय नेताहरु विश्वस्त देखिए पनि ओलीले भने सहमतिको २ दिनपश्चात् नै एकलौटी सरकारी नियुक्ती दिन सुरु गरेका छन् । भर्खरै मात्रै पदावधि सकिएर अर्थमन्त्रीबाट हटेका युवराज खतिवडालाई विशेष आर्थिक  सल्लाहकार नियुक्त गरेपछि आलोचना बढेको हो ।

नानीदेखिको बानी भनेजस्तै नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले लाभको पदमा पुनः आफू अनुकुलका मानिसको नियुक्ति शुरु गरिसकेका छन् । विभिन्न नियुक्तिमा एकलौटी गरेपछि चुलिएको पार्टीको विवाद मिलेको भनिएको केही दिनमै उनले पुरानै प्रवृत्ति दोहोर्याएका हुन् । प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको पदावधि सकिएपछि अर्थमन्त्रीबाट हटेका युवराज खतिवडालाई आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । पार्टीको विधानमै सहमति भन्ने बुँदा उल्लेख गरे पनि उनी पदीय दाउपेचबाट माथि उठ्न नसकेको नेताहरू बताउँछन् ।

सरकार सञ्चालनमा एकलौटी निर्णय गरेको, आफ्ना मानिसलाई मात्रै सरकारी नियुक्ति दिएको र मन्त्रिमण्डल पुनर्गठनमा उदासीन रहेको आरोप पनि ओलीलाई लाग्दै आएको छ । पदीय लडाइँका लागि लामो समयसम्म चलेको पार्टीको विवाद केही समयका लागि मिलेको देखिए पनि केही समयपछि अवस्था पुनः उस्तै हुने विश्लेषण गरिएको छ ।

पार्टीभित्रको शक्तिसंघर्ष र नेतृत्वको कार्यशैलीप्रतिको असन्तुष्टिका कारण चुलिएको नेकपा विवाद समाधान हुन नपाउँदै प्रधानमन्त्री ओलीले उही रूप देखाउन थालेका हुन् । सिद्धान्त र पार्टीको विधान नै भुलेर पदीय भागबण्डा समाधानमा केन्द्रित बनेको नेकपा नेतृत्वले सरकार र पार्टीलाई चुस्तदुरुस्त चलाउनेमा आशंका उत्पन्न हुन थालेको छ ।