आज ईङल्याण्ड र अष्ट्रेलियाबीचको तेस्रो एक दिवसीय क्रिकेट

आज ईङल्याण्ड र अष्ट्रेलियाबीचको तेस्रो एक दिवसीय क्रिकेट

काठमाडौँ -  ईङल्याण्ड र अष्ट्रेलियाबीचको तेस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ । नेपाली समयानुुसार साँझ पौने ६ बजे म्यानचेष्टरमा खेल सुरु हुनेछ । ईङल्याण्ड ईयोन मोर्गन र अष्ट्रेलिया एरोन फिन्चको कप्तानीमा मैदान उत्रनेछन् ।

एक–एक खेल जितेका दुबै टोली तीन म्याचको सिरिज कब्जा गर्ने रणनीतिमा छन् । पहिलो खेलमा १९ रनको जित निकालेको अष्ट्रेलिया दोस्रो खेलमा २४ रनले पराजित भएको थियो । दुबै टोलीलाई आज व्याटिङमा सुधार गर्दै सिरिज हात पार्ने मौका मिलेको छ ।