पूर्वउर्जामन्त्री भन्छिन् : कुलमानको काम नै जनता उचाल्ने हो, लाखौँ खर्च गरेर पत्रकार खटाए (भिडियोसहित)

पूर्वउर्जामन्त्री भन्छिन् : कुलमानको काम नै जनता उचाल्ने हो, लाखौँ खर्च गरेर पत्रकार खटाए  (भिडियोसहित)

काठमाडौँ - चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको औपचारिक बिदाइ भएको छ । 

उहाँलाई प्राधिकरणका कर्मचारीहरुले मंगलबार एक कार्यक्रमको आयोजना गरी केही दिनमा नै फेरि अर्को कार्यकालका लागि स्वागत गर्न पाइयोस् भनी शुभकामना दिएका छन् । अहिलेसम्म नेपाल विद्युत प्राधिकरणको नेतृत्व क-कसले गरे धेरैलाई याद छैन । 

राम्राभन्दा ‘हाम्रा’को प्रधानताले हुनसक्छ नेपालमा सरकारी संस्थानको नेतृत्वमा को आउँछ वा जान्छ भन्ने खासै चासो रखिँदैन । तर, पदावधि सकिनु लामो समय अघिदेखि नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई अर्को कार्यकाल काम गर्ने मौका दिनुपर्ने कि नपर्ने भन्ने विषयमा अभूतपूर्व बहस चल्यो ।

नागरिकहरू कुलमानलाई निर्वाध अर्को कार्यकाल कामगर्न दिनुपर्ने पक्षमा दृढ रहे पनि आइतबारदेखि उनी विदा भएका छन् । पुनर्नियुक्तिमा सरकारको उदासीनताले उनको निरन्तरता नहुने संकेत गरिसकेको छ । यसै सन्दर्भम रहेर योहो टेलिभिजनको कार्यक्रम विशेष सन्दर्भमा पूर्वउर्जामन्त्री राधा ज्ञवालीसँग गरिएको कुराकानी । थप जानकारीका लागि पूरा अन्तर्वार्ता हेर्नुहोस् ।