ओलीमाथि ट्रान्सपरेन्सी इन्टरनेसनलको गम्भीर आरोपः प्रमकै संरक्षणमा भ्रष्टाचार मौलायो (भिडियोसहित)

ओलीमाथि ट्रान्सपरेन्सी इन्टरनेसनलको गम्भीर आरोपः प्रमकै संरक्षणमा भ्रष्टाचार मौलायो (भिडियोसहित)

काठमाडौँ  - ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा भ्रष्टाचार मौलाएको आरोप लगाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको सानातिना मुद्दा बोकेर अख्तियारले भ्रष्टाचार नियन्त्रणको डंका पिटे पनि प्रधानमन्त्रीको संरक्षणमा ठूला भ्रष्टाचारका काण्ड घटेको आरोप लगाएको हो ।

अध्यक्ष खेमराज रेग्मीले प्रधानमन्त्रीको ओठे प्रतिबद्धता र व्यवहारका कारण भ्रष्टाचारीको संरक्षण भएको बताउनुभयो । बालुवाटार जग्गा प्रकरण, सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ओम्नी प्रकरणमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले भ्रष्टाचारलाई बढावा दिएको प्रमाणित भएको छ । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।